दफा ७
विवरण दाखिला गर्ने कर्तव्य
(१) यो ऐन वा प्रचलित कानूनबमोजिम सम्पत्ति कर तिर्नु पर्ने कर्तव्य भएका व्यक्तिले प्रत्येक सालको आश्विन मसान्तसम्ममा आफनो र आफनो परिवारको नाउँमा भएको सम्पत्तिको विवरण आफू बसोबास गरेको क्षेत्रको कर अधिकृत छेउ वा सबैभन्दा बढी सम्पत्ति भएको क्षेत्रको कर अधिकृत छेउ तोकिएको ढाँचामा दाखिला गर्नु गराउनु पर्नेछ ।
तर, आर्थिक वर्ष २०४७।४८ को लागि सम्पत्तिको विवरण २०४८ साल असार मसान्तभित्र पेश गर्न सकिनेछ ।
(२) नेपाल ………….बाहिर बसोबास गरेका व्यक्तिले त्यस्तो विवरण काठमाडौंको कर अधिकृत छेउ दाखिल गर्नु गराउनु पर्नेछ ।
(३) एक भन्दा बढी व्यक्तिहरूको स्वामित्वमा रहेको सम्पत्तिको विवरण त्यस्तो संयुक्त स्वामित्व भएका व्यक्तिहरू मध्ये कुनै एक व्यक्तिले दाखिल गर्न सक्नेछ ।